१० श्रावण २०८१, बिहीबार

नीति र कार्यक्रममा लैंगिक समानता र सामाजिक समावेशीकरणमैत्री हुनुपर्छ– प्रदेश सांसदहरू



धनगढी । सूदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सरकारका बजेट र नीति तथा कार्यक्रम लैगिक समानता र सामाजिक समावेशीकरण मैत्री हुनपर्ने बताएका छन् ।


राष्ट्रिय दलित नेटवर्कले आईतवार धनगढीमा आयोजना गरेको लैगिक समानता र सामाजिक समावेशीकरणमैत्री योजना नीति तथा कार्यविधीको विश्लेषण सम्बन्धि कार्यशालामा प्रदेश सांसदरूले सरकारका नीति तथा कार्यक्रम र बजेटमा लैंगिक समानता र सामाजिक समावेशकिरणलाई ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा विधायन तथा प्रदेश मामिला समितीका सभापति नेपालु चौधरीले प्रदेश सभाले बनाएका नीति तथा कार्यक्रम सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरे ।
नेपाली काग्रेस संसदीय दलका सचेतक टेकबहादुर रैकाले निर्वाचन क्षेत्र विकास कार्यक्रममा दलित तथा सिमान्तकृत समुदायको सवाललाई उपेक्षा गरिएको बताए ।
प्रदेश सभा सदस्य दुर्गा विकले नीति र कार्यक्रममा महिलाको आर्थिक तथा सामाजिक विकास र समानुपातिक प्रतिनिधित्व हुन नसकेको बताइन् ।
सांसद आशा विकले लैगिक समानता, समावेशीकरण, समानुपातिक विकास र प्रतिनिधित्वको सवालमा तिनै तहको सरकार गम्भीर नरहेको आरोप लगाइन् ।
कार्यक्रममा गण्डकी विकास परिषदका सदस्य अधिवक्ता डाक्टर जानकी तुलाधरले लैगिक समानता र सामाजिक समावेशीकरणमैत्री योजना, नीति र कार्यविधी निर्माणमा प्रदेश सभा सदस्यहरूको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
सो अवसरमा प्रदेश सांसदहरू महेशदत्त जोशी, अर्चना गहतराज, माया तामाङ, सुशीला बुढाथोकी, शान्ति नेपाली,लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संस्थाका टिमलिडर हुकम सार्कीले संचालन गरेका थिए । कार्यक्रम संस्थाका केन्द्रीय सदस्य श्याम सुनारको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार