१० श्रावण २०८१, बिहीबार

वन प्राविधिक सघमा पाठक



धनगढी । प्रगतिसिल वन प्राविधिक संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशनले भोजराज पाठकको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरेको छ ।

शनिवार धनगढीमा भएको अधिवेशनबाट उपाध्यक्षमा प्रकाश शाह महासचिवमा गणेश त्रिपाटी, कोषाध्यक्षमा सुनिता कडेललाई चयन गरेको हो ।
समितिको सदस्यमा चन्द्र भण्डारी, महेश्वरी भट्ट, रोसना थापा, सन्तोष धिक्त र हेमराज अवस्थी छनौट भएका छन् । अधिवेशनको उदघाटन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लेखराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार