२२ बैशाख २०८१, शनिबार

शितल बनिन् मिस फारवेष्ट



धनगढी । कञ्चनपुरको महेन्द्रनगरकी १९ वर्षीया शितल खड्का मिस फारवेष्ट २०१९ बनेकिछिन् । बुधबार राती धनगढीमा भएको अन्तिम प्रतिस्पर्धामा शितल विजयी भइन् । उनलाई मिस फारवेष्ट २०१८ मोनिका गुरुङले ताज पहिराइन् ।


मिस फारवेष्ट बनेपछि शितलले वन्यजन्तुको अधिकार र प्रदेशमा पर्यटन प्रवद्र्धनमा लाग्ने बताइन् ।
त्यस्तै, डडेल्धुराकी कोहिनुर मल्ल फस्ट रनरअप भइन् । भने सेकेण्ड रनरअप कैलालीकी स्मारिका बम बनिन् ।
मिस फारवेष्ट नेपाल २०१९ को मुख्य निर्णायकमा हिडेन ट्रेजरका प्रमुख कार्यकारी अधिकृत गोपाललाल सुन्दर कक्षपति रहेका थिए भने निर्णायकहरूमा मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, नायिका याना शर्मा र फिल्म निर्माता सरोज न्यौपाने रहेका थिए ।
रोयल कोराबोरेटिभ्स प्रालीका अध्यक्ष गजेन्द्र विक्रम शाहीले सुदूरपश्चिममा रहेका प्रतिभाहरूलाई स्थान दिनका लागि मिस फारवेष्ट नेपालको आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार