१० श्रावण २०८१, बिहीबार

प्राविधिक शिक्षामा सुधारका लागि घोषणापत्र जारी



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षामा सुधारका सुझाव सहित बिहीबार धनगढी घोषणापत्र जारी गरिएको छ ।


प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभीटी) को आयोजनामा बुधबारदेखि धनगढीमा भएको सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विद्यालयहरूको व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा क्षमता अभिवृद्धि गोष्ठीबाट घोषणापत्र जारी गरिएको छ ।
‘गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता, उद्यमशिल सुदूरपश्चिम निर्माणमा हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई सार्थक बनाउन विभिन्न प्रयास अघि बढाइने घोषणापत्रमा उल्लेख छ ।
धनगढी घोषणापत्रमा विद्यालय पूर्वाधार सुधार, गुणस्तरियता सुधार, प्रशासनिक व्यवस्थापन सुधार, समन्वय तथा सम्बन्ध सुधार र स्रात पहिचान तथा परिचालनमा सुधार गर्न पहल गरिने उल्लेख छ ।
त्यस्तै, विभिन्न विधासंग सम्बन्धित आवश्यक औजार तथा उपकरण सहितका फरक–फरक ल्याव तथा प्रयोगात्मक स्थलको पुनव्र्यवस्थापन, छात्रामैत्री शौचालय, चमेनागृह, खेलमैदान लगायत भौतिक संरचनाको प्रवन्धकीय पक्षमा प्रर्याप्त ध्यान पुर्याइने र विद्यालय वातावरण आकर्षण र स्वच्छ बनाउन हरसम्भव पहल गरिने उल्लेख छ ।
विद्यालय पुर्वाधार अन्तर्गत भौतिक संरचना ‘विपदमैत्री, बालमैत्री तथा प्रविधि मैत्री बनाउन गुरुयोजना निर्माण गर्न पहल गरिने’ उल्लेख छ । त्यस्तै प्राविधिक शिक्षालाई युग सुहाउ“दो प्रर्याप्त स्रोत तथा सन्दर्भ सामग्री भएको लाइव्रेरी पुनव्र्यवस्थापनमा पहल गरिने जनाइएको छ ।
गुणस्तरियता सुधारमा ‘विषयगत योग्यता पुगेका जनशक्तिको व्यवस्थापन हर सम्भव प्रयास गरिने, पाठयक्रमले तोकेको मापढण्ड आधारमा शैदान्तिक भन्दा प्रयोगात्मक कक्षामा जोड दिइने, मासिक वा अन्तिम परिक्षा लिई विद्यार्थीको ल्यागत परिक्षा नियमित रुपमा लिइन, कार्यगत दक्षता परियोजना÷कार्यगत तालिम प्रभावकारी बनाउन विद्यार्थीहरूलाई एक अर्को शिक्षालयमा समेत पठाउने प्रवन्ध मिलाइने, प्रविधिमैत्री शिक्षण पद्धती अवलम्बन गरिने, पाठयक्रम अनुसारका सन्दर्भ सामग्री लेखनका लागि विज्ञ विषयगत समिति गठन गर्न पहल गरिने र प्राविधिक धारका कार्यक्रम सञ्चालनका क्षेत्रमा उल्लेख्य कार्य गर्ने विद्यालयलाई पुरस्कृत गरिने उल्लेख छ ।
प्रशासनिक व्यवस्थापन सुधारका लागि तीन बु“दा उल्लेख रहेको छ । जसमा वार्षिक कार्य तालिका र कार्य योजना निर्माण गरि शैक्षिक तथा प्रशासनिक व्यवस्थापन गरिने, विद्यालयलाई प्रविधिका आधुनिक सामाजिक सञ्जालको प्रयोग तथा विद्यालयको इन्टरनेट साइट बनाई कागजरहित बनाउ“दै लगिने र विद्यालयमा नियूक्त प्राविधिक कार्यक्रमको संयोजकलाई जिम्मेवार र जवाफदेही बनाई कार्यक्रमको प्रभावकारीता बढाइने उल्लेख छ ।
विद्यालय–विद्यालयबिच निकटतम सम्बन्ध बनाउन समय–समयमा तालिम, गोष्ठी, सेमिनार, सम्मेलनको रुप दिने, कार्यालय तथा विद्यालयबीच सम्बन्ध कार्यम राख्न तथा पृष्टपोषण प्राप्त हुने धेयले नियमित अनुगमन गरिदिन आग्रह गरिने र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमहरूको व्यवस्थापनको समिति गठन गर्न पहल गरिने समन्वय तथा सम्बन्ध सुधार बु“दामा उल्लेख छ ।
स्रोत पहिचान तथा परिचालन सुधारका लागि चार बु“दा उल्लेख गरिएको छ । जसमा विद्यालयको आर्थिक तथा भौतिक पक्षको सुधार लागि संघिय, प्रदेश र स्थानिय सरकारलाई मुख्य स्रोत दाताको रुपमा दिइएको, एएनइएक्स कार्यक्रम सञ्चालित पुराना विद्यालयले पाउ“दै आएको तलब भत्ताको अनुदान तथा नया“ सम्बन्धन स्वीकृती पाएका सामुदायिक विद्यालयलाई सिटिइभिटी संघ तथा प्रदेश कार्यालयबाट अनुदान सहयोग उपलब्ध गराइने र विभिन्न संघ÷संस्था तथा गैर सरकारी संस्थालाई पनि सहयोगी संस्थाको रुपमा समन्वय गरिने उल्लेख छ ।

जनशक्ति टिकाउने चुनौति

कार्यक्रममा कञ्चनपुरको कृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपालदत्त भट्टले प्राविधिक सञ्चालन भएका विद्यालयमा जनशक्ति टिकाउन चुनौति रहेको बताए ।
गोष्ठीको समापन सत्रमा उनले भने– गाउँघरमा प्राविधिक शिक्षा सञ्चालन छन, तर प्रशिक्षकहरू छ महिना पनि टिक्दैनन् । सर्वप्रथम त प्रशिक्षकहरूको स्थायित्व गराउन आवश्यक छ । उनले अहिले प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयले पाउने अनुदान घटाएकोमा चिन्ता व्यक्त गर्दै भने– यता जनशक्ति टिकाउन गाह्रो भइरहेको छ । त्यसैमा अहिले विद्यालयले पाउ“दै आएको अनुदान पनि घटीरहेको छ । यसले प्राविधिक शिक्षाको गुणस्तरमै चुनौति थपिन्छ ।
उनले विद्यालयहरूले अहिले धमाधम प्राविधिक शिक्षा सञ्चालन गरिरहेको र यसले प्रतिष्पर्धा बढाएको बताए । उनले भने– प्रतिस्पर्धा हुनु राम्रै हो, तर विद्यालय व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि ध्यान दिन आवश्यक छ ।
समापन कार्यक्रममा व्यवसायिक शिक्षा तथा तालिम परिषदका प्रदेश निर्देशक डाक्टर कुश्माकर भट्टले घोषणापत्रमा उल्लेखित बु“दालाई व्यवहारमा लागु गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । उनले प्राविधिक शिक्षालाई बजारको माग अनुसारको बनाउन आवश्यक रहेको बताए ।
विद्यालयबाट सहभागि भएको ज्येष्ठ प्रधानाध्यापक धनिदत्त पन्तको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । अभिमुखीकरण गोष्ठीमा सुदूरपश्चिम प्रदेशका ५७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार