११ पुष २०८१, बिहीबार

टीकापुर घटना : उच्च अदालतमा दोहोरो पुनरावदेन



धनगढी । २०७२ सालको टीकापुर घटनाको मुद्दामा कैलाली जिल्ला अदालतले गरेको फैसला विरुद्ध उच्च अदालत दिपायलमा दोहोरो पुनरावेदन दायर भएको छ ।


सरकारी वकिलको कार्यालय धनगढी र घटनामा संलग्नताको आरोपमा पक्राउ परि अदालतको फैसलाबाट रिहा भएका तथा दोषी ठह¥याइएकाहरुले पुनरावेदन दिएका छन् । गत फागुन २२ गते कैलाली जिल्ला अदालतले टीकापुर घटनाको मुद्दामा फैसला गरेको थियो । अदालतले सांसद् रेशमलाल चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो, भने तीन जनालाई सफाइ दिएको थियो । यसैगरी, लक्ष्मण थारु, लाहुराम चौधरीसहित १२ जना रिहाई भएका थिए ।
जिल्ला अदालतको फैसलापछि सरकारी वकिलको कार्यालयले घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परि रिहाई भएका र कैद सजाय भुक्तान गरिरहेका समेत २७ जना विरुद्ध पुनरावेदन गरेको छ । अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान, चोरी डाका लगायत तीन वटा मुद्दा लगाइएको थियो । सरकारी वकिलको कार्यालयले दोषीहरुमाथि आजिवन कैद सजायको माग गरेको छ ।
अदालतको फैसलाले सरकारी वकिलको कार्यालय माग गरे अनुसार सजाय नभएपछि उच्च अदालतमा रिट पुनरावेदन गरेको बताइएको छ । सरकारी वकिलको कार्यालयले कैलाली जिल्ला अदालतबाट सफाइ पाएका विश्राम चौधरी, तहोबर अलि भनिने नूरल अलि जागा र रामनरेश चौधरीसहित रिहाइ भएका अन्य १२ जना र नाबालक करन चौधरीसमेतको विरुद्धमा पुनरावेदन गरेको छ ।
त्यसैगरी, कैलाली जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै रेशमलाल चौधरी, लक्ष्मण थारु लगायत कैद सजाय भुक्तान गरिरहेका ११ र तीन वर्ष कैद सजाय भोगेर रिहाइ भएका १२ जना समेत २३ जनाले उच्च अदालतमा पुनरावेदन गरेका छन् ।
उनीहरुले दिएको रिटमा कार्तिक ३ गते पहिलो पेशी तोकिएपनि स्थगित गरेर पछाडि सारिएको छ ।
उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र नसरुल्लाह अन्सारीको संयुक्त इजलासले कैलाली जिल्ला अदालतले दोषी ठह¥याइएको नाबालक करन चौधरीकोतर्फबाट पुनरावेदन रिट नपरेको भन्दै पेशी स्थगित गरेको होे । उच्च अदालतले करनको म्याद पुगे÷नपुगेको विवरण पेश गर्न आदेश दिदैं मङ्सिर २ गतेसम्मका लागि पेशी सारेको प्रतिवादीकातर्फबाट बहस गरिरहनु भएका अधिवक्ता गजेन्द्रबहादुर केसीले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले सजाय थोरै भएको भन्दै अदालतको फैसला विरुद्ध पुनरावेदन दायर गरेको हो । भने, सजाय पाएर रिहा भएका र कैद भुक्तान गरिरहेकाहरुले आफूहरु विरुद्ध झुटो मुद्दा लगाइएको तथा टीकापुर घटना राजनीतिक रहेको दाबी गर्दै अदालतको फैसला विरुद्ध उच्च अदालतमा पुगेका हुन ।
थरुहट÷थारुवान आन्दोलनको क्रममा विक्रम सम्वत २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा परेर आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार