२३ बैशाख २०८१, आईतवार

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड



धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने भएको छ ।


जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उपमहानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन सम्वन्धी कार्यक्रम अन्तरगत उपमहानगरपालिकाका ४५ वटा सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरूलाई निःशुल्क रुपमा सेनिटरी प्याड वितरण गर्ने काम शुरु भएको छ ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले छात्राहरूले निःशुल्क रुपमा सेनिटरी प्याड पाउने भएपछि नियमित रुपमा विद्यालय आउने क्रममा बृद्धि हुने विश्वास व्यक्त गरे ।
नगर प्रमुख वडले सबै विद्यालयहरूमा छात्रामैत्री शौचालय निर्माण गर्ने काम पनि जारी रहेको बताए ।
गोदावरी नगरपालिकाका शिक्षा महाशाखा प्रमुख बसन्त खत्रीले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम प्रभावकारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार