२३ बैशाख २०८१, आईतवार

धनगढीमा मिष्टर नेपालको अडिसन हुदै



धनगढी । मिष्टर नेपालको धनगढीमा पनि अडिसन हुने भएको छ । यस अघि बुटबलसम्म मात्रै मिष्टर नेपालको अडिसन हुँदै आएको थियो ।
१८ वर्षदेखि आयोजना भइरहेको मिष्टर नेपालको अडिसन पहिलोपल्ट धनगढीबाट अडिसन हुने आयोजक एक्स्पो नेपाल डट्कमले जनाएको छ ।
पहिलागत बर्ष काठमाडौमै गएर मिष्टर नेपालमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका धनगढी वडा नम्बर १२ जुगेडाका जीवन रेग्मी मिष्टर नेपाल २०१८ एसएमएस स्टार तथा टप १० भित्र परेका थिए ।
रेग्मीकै पहलमा धनगढीमा २०१९ का लागि अडिसन सञ्चालन गर्न थालिएको मिष्टर नेपालका कोरियोग्राफर अक्षय रायमाझिले बताए ।
प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले मिष्टर नेपालमा छनौट हुने युवाको व्यक्तित्व विकासमा ठुलो सहयोग पुग्ने बताए ।
धनगढीमा मल्टिटिच कम्प्यूटर तथा एजुकेसन सेन्टरबाट अडिसनका लागि फारम उपलब्ध हुने मिष्टर नेपाल एसएमएस स्टार २०१८ विजेता जीवन रेग्मीले बताए । यसका अलावा एक्स्पो नेपालको वेभसाईड मार्फत पनि फारम भर्न सकिने उनले बताए । उनका अनुसार एडिसनमा सहभागिता जनाउन इच्छुक व्यक्ति १७ बर्ष पुरा भई ३२ बर्ष ननाघेको तथा ५ फिट ७ इन्च उचाई हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार