२३ बैशाख २०८१, आईतवार

आयुर्वेद औषधी व्यवसायी संघको प्रदेश कमिटी चयन



धनगढी । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति गठन भएको छ ।


शनिबार धनगढीमा भएको संघको प्रथम सुदूरपश्चिम प्रादेशिक अधिवेशनबाट दिपक गौतमको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको जनाइएको छ ।
कार्यसमितिको उपाध्यक्षमा महेशकुमार खड्का, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सहसचिवमा लौटन डंगौरा र कोषाध्यक्षमा डम्बरी पनेरु चयन भएका छन् ।
त्यस्तै, सदस्यमा हरिद्वारी कठरिया, हेमा महरा, जगदिश जोशी, तिर्थराज कलौनी, दिनेशकुमार खडका, बसन्तबहादुर धामी, र विनोद बन्जाडे चयन भएका छन् ।
यसअघि अधिवेशनको सुदूरपश्चिम प्रदेश सभा सदस्य कुन्ति जोशीले उद्घाटन गरेकी थिइन् । सो अवसरमा प्रदेश सभा सदस्य जोशीले आयुर्वेद औषधी व्यवसायीहरूले आम नागरिकमा आयुर्वेदिक औषधीप्रति विश्वास जगाउन इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन ।
उनले प्रदेश सभाबाट सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र संचालन सम्बन्धी विधेयक पारित गरिसकेको बताइन् ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले आयुर्वेद औषधी व्यवसायीको संगठन नहु“दा व्यवसायीमा देखिएका समस्या, विकृतिहरू हट्न नसकेको बताए । उनले नेपालमा झण्डै चार हजार आयुर्वेद्धिक औषधी व्यवसायी भए पनि थोक व्यवसायी न्यून रहेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले जडिबुटीको पहिचान, उत्पादन तथा प्रयोगमा जोड दिइनुपर्ने सुझाव दिए ।
प्रदेशको सामाजिक विकास मन्त्रालय आयुर्वेदिक महाशाखा प्रमुख डाक्टर चेतराज जोशीले ईर्मजेन्सी तथा सल्यक्रियाबाहेका अन्य रोगहरूमा आयुर्वेदिक औषधीको प्रयोग गरेर नियन्त्रण गर्न सकिने बताए । उनले भने– हामी आयुर्वेद विषय पढेका व्यक्तिहरु नै आयुर्वेदप्रति विश्वास गर्न छोडेका कारण आम जनतामा यसप्रतिको आकर्षण घटेको छ ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश संयोजक जयराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बम, प्रदेश १ का अध्यक्ष जगतबहादुर भट्टराई, संघका केन्द्रीय सचिव छविरमण अधिकारी, केन्द्रीय सदस्य गंगा ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवसायी नवराज खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार