१० श्रावण २०८१, बिहीबार

विपद् सम्बन्धी दुई दिने तालिम सम्पन्न



धनगढी । विपद जोखिम न्यूनिकरण र मानविय कार्यमा बृद्धबृद्धा, अपाङ्गता तथा लैङ्गिकताको महत्व सम्बन्धी दुई दिने तालिम धनगढीमा भएको छ ।
हेल्प एज इन्टरनेश्नलको सहकार्यमा जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालद्धारा सञ्चालित ‘नेपालमा समावेशी प्रकोप उत्थानशील प्रयासहरुबाट जोखिमपूर्ण समुदायको पूर्व तयारी स्थिति निर्माण परियोजना’ अन्र्तगत सो तालिम भएको हो ।
तालिममा कैलालीको धनगढी उपमहानगरपालिका, गौरिगंगा र गोदावरी नगरपालिकाका जनप्रतिनिधी, संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधी, ज्येष्ठ नागरिक लगायतका गरि ३० जना सहभागिता रहेका थिए ।तालिममा फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठक र परियोजना संयोजक मिन हुडकेले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागि वडा सदस्य गिता पन्तले संस्थाले सञ्चालन गरेको परियोजनाको उद्देश्य राम्रो भएको बताइन् । ‘प्राकृतिक तथा मानविय कारणले हुने विपदबाट ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरु बढी जोखिममा रहने गर्छन’ उनले भनिन् –‘टोल–टोलबाटै विपद् जोखिम न्यूनिकरण गराउन जनचेतना फैलाउन जरुरी छ ।’
फाया नेपालका कार्यक्रम निर्देशक पाठकले विपदबाट हुन सक्ने क्षति न्यूनिकरण गराउनमा टोलबाटै सुरुवात गर्नुपर्ने भएकाले स्थानीय तहका जनप्रतिनिधीहरुका लागि तालिम सञ्चालन गरिएको बताए । उनले भने –‘विपदमा कुन समुदाय कस्तो जोखिममा पर्न सक्छ र त्यसबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरा स्थानीय जनप्रतिनिधीहरुले थाहा पाइराख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार