२५ मंसिर २०८१, मंगलवार

बीपीमार्गको सिलन्यास



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा निर्माणाधीन वीपी मार्गको बिहीबार सिलन्यास गरिएको छ ।


बिहीबार बिहान आयोजित एक संक्षिप्त कार्यक्रमबीच धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले सो सडक सिलन्यास गरिन् ।
वडा नम्बर १ को सिरडी मन्दिरदेखि पुष्पलालचोकसम्म चार सय मिटर लामो सो वीपी मार्ग नौ मिटर चौडाई रहेको छ ।
सडक सिलन्यास गर्दै उपप्रमुख भट्टले स्थानीयलाई सडकको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरिन् ।
उनले निर्माणाधीन सडक खण्डमा पर्ने निजी संरचना हटाएर निर्माण कार्यमा सहयोग गरेकोमा स्थानीयको प्रशंसा गरिन । ‘कतिपय ठाउ“मा विकासमा तगारो हाल्नेहरू पनि छन्’ उपप्रमुख भट्टले भनिन्– यहा“हरूले आफ्ना पक्की संरचना भत्काएर पनि काम गर्ने वातावरण बनाउनु भयो त्यसैले धन्यवादका पात्र हुनुहुन्छ ।
सडक सिलन्यास कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, वडा सदस्य सुवास चन्द लगायतको उपस्थिति थियो ।
धनगढी उपमहानगरपालिकाका सवईन्जीनियर बिष्णु खड्काले पक्की नालासहितको सडकको कालोपत्रे पा“च मिटर हुने बताए ।
सडक निर्माण क्पनी जय श्री बैजनाथ बाबा कन्सट्रक्सनका प्रबन्धक राजेश खड्काले बढीमा पा“च महिनाभित्र काम पुरा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार