२३ बैशाख २०८१, आईतवार

अस्पतालमा शाेक सभा



धनगढी । सेती प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सक र एम्बुलेन्स चालकको मृत्यु भएपछि शोकसभा गरिएको छ ।
सेती अस्पतालमा कार्यरत डाक्टर प्रणयजंग शाह र एम्बुलेन्स चालक थामवहादुर विष्टको निधन भएपछि शोक सभा गरिएको हो ।
अस्पतालको आयोजनामा भएको शोकसभा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डे, पूर्व मेसु डाक्टर गणेशवहादुर सिंह, चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशी, अस्पतालमा कार्यरत चिकित्सक, एम्बुलेन्स चालक लगायत अस्पतालका कर्मचारी सहभागी थिए ।बाल रोग बिशेषज्ञ डाक्टर शाहको काठमाडौ“मा उपचारका क्रममा मृत्यु भएको थियो । विदामा चितवन गएको समयमा एक्कासी बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । थप उपचारका लागि मेडिसिटी अस्पताल काठामडौ“मा भर्ना लगिएकोमा सोही अस्पतामा उपचारका क्रममा उनको निधन भएको थियो ।
पा“च बर्ष अगाडी मृगौलाको समस्या देखिएपछि केही समय उनले डायलासिस समेत गराएका थिए । तर सन्चो भएको भन्दै उनले डायलासिस गराउन छोडेका थिए । चितवनमा एक्कासी बेहोस भएपछि मुटु र मृगौलामा समस्या देखिएको थियो ।
३४ बर्षीय डाक्टर शाह दुई बर्षदेखि सेती अस्पतारमा कार्यरत थिए । सुरुमा ज्यालादारीमा काम गर्दै आएका उनी केही समय यता करारमा कार्यरत थिए । यस्तै अस्पतालमै कार्यरत एम्बुलेन्स चालक विष्टको झाडापखलाका कारण बुधबार मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार