४ जेष्ठ २०८१, शुक्रबार

रामकृष्ण लीला महोत्सव शुरु



धनगढी । धनगढीमा आइतबारदेखि रामकृष्ण लिला ज्ञान महोत्सव शुरु भएको छ । मानस संस्कृति समाज कैलालीको आयोजनामा सञ्चालन भएको महोत्सवको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एक समारोहबीच उद्घाटन गरेका थिए ।


रामकृष्ण लिला ज्ञान महोत्सवको धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले विशेष कार्यक्रमबीच पुजाआजा गरेकी थिइन् ।
कलशयात्रा महोत्सव स्थल खुलामञ्चमा पुगेपछि बिशेष पुजाआजा गएिको थियो । महोत्सवको उद्घाटन आइतबार साझ गरिएको थियो ।
ज्ञान महोत्सवमा पुजाआजा गर्दै उपमहानगरपालिका उपप्रमुख भट्टले रामकृष्णलीला ज्ञान महोत्सवले समाजलाई धार्मिक सहिष्णुण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
रामकृष्णलीला ज्ञान महोत्सव कार्तिक ८ गते सम्म सञ्चालन हुने समाजका अध्यक्ष आदित्य जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार