२२ बैशाख २०८१, शनिबार

पोष्टमार्टम गर्ने चिकित्सकको अभाव



ललित बोहरा/डडेल्धुरा । बुधबार बेलुका डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ६ भजनेउटामा रहेको एउटा कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला प¥यो । करिब ७६ वर्षीय साधु उमाशंकर गिरीको शव भेटिएको स्थानमा ढुंगामा रगत समेत भेटिएको थियो ।


मृतक गिरीको हत्या भएको आशंकामा अनुसन्धानका लागि शवको पोष्टमार्टम गर्नुपर्ने भयो । जिल्ला प्रहरी कार्यालयको टोलीले बिहीबार बिहानै पोष्टमार्टम गर्न शव डडेल्धुरा अस्पताल पु¥यायो । अस्पतालमा डाक्टर नरेश श्रेष्ठ थिए । अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालिमको आवश्यकता हुन्छ । डाक्टर श्रेष्ठले त्यस्तो तालिम लिएका छैनन् ।
शव पोष्टमार्टम गर्नु अनिवार्य भएकाले डडेल्धुरा अस्पतालले बैतडी जिल्ला अस्पताललाई चिकित्सक पठाउन पत्राचार ग¥यो । बिहीबार पत्र पाएपछि शुक्रबार बिहान बैतडीबाट डाक्टर बसन्त जोशी डडेल्धुरा आए र शव परीक्षण गरेर फर्के । “छिमेकी बैतडी जिल्ला अस्पतालमा शव परिक्षणको तालिमप्राप्त डाक्टर रहेछन्’ डडेल्धुरा अस्पतालका सूचना अधिकारी पन्तले भने– हामीकहा“ तालिमप्राप्त चिकित्सक नहुदा बिहिबार बिहान आएको शवको पोष्टमार्टम एक दिनपछि मात्रै सम्भव भयो ।

सधैं चिकित्सकको अभाव

टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुरा अस्पताल २०२२ सालमा स्थापना भएको हो । सरकारले टिम अस्पताललाई २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषण गरेको थियो । अघिल्लो असारमा सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा आएको डडेल्धुरा अस्पताललाई गत फागुनमा संघीय सरकारको मातहतमा रहनेगरि उपक्षेत्रीयको अस्पतालको नाम परिवर्तन गरी “विशिष्ट’ सेवा सहितको डडेल्धुरा अस्पताल बनाइयो ।
डडेल्धुरा अस्पतालमा नेपाल सरकारका तर्फबाट एक सय आठ जनाको दरबन्दी स्वीकृत भएकोमा हाल ३७ जनाको मात्र पदपूर्ति भएको छ । त्यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत भएकोमका ३४ जनाको पदपुर्ति भएको छ । सो अस्पतालमा अहिले करार सेवामा अन्य कर्मचारीका रुपमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन् ।
डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एकजना गरी करारमा तीन जना मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् । त्यस्तै अस्पतालमा १९ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा हालसम्म नेपाल सरकारको तर्फबाट नौ र एक जना करारमा गरी १० जना मात्र रहेका थिए ।
त्यसमध्ये छ जना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ । बाकी चार जना मध्य तीन जनाको समायोजन भएपछि अस्पतालमा अहिले एक जना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी पन्तले बताए ।
डडेल्धुरा अस्पतालमा दैनिक सरदर दुईसय बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार