४ जेष्ठ २०८१, शुक्रबार

आजदेखि रामकृष्णलीला ज्ञान महोत्सव



धनगढी । धनगढीमा आज (आइतबार) देखि रामकृष्ण लीला ज्ञान महोत्सव शुरु हुँदैछ । मानस सांस्कृतिक समाजको आयोजनामा सञ्चालन हुने महोत्सव कार्तिक ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।


शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष आदित्य जोशीले बिहान मोहना नदीदेखि खुल्ला मञ्चसम्म कलशयात्राबाट महोत्सवको शुभारम्भ गरिने बताए ।
अध्यक्ष जोशीले महोत्सवको नौ दिनसम्म रामलीला र चार दिन श्रीकृष्णलीला प्रस्तुत गरिने बताए । त्यस्तै, महोत्सव अवधिभर सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक नृत्यु, गीत, तथा नाटक प्रदर्शन गरिने छ ।
पहिलो पटक धनगढीमा आयोजना गपिरएको यो धार्मिक महोत्सव सञ्चालनमा २० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार