४ जेष्ठ २०८१, शुक्रबार

प्रहरी दिवस मनाइयो



धनगढी । ६४ औं प्रहरी दिवस कैलालीसहित देशभरी शुक्रबार विविध कार्यक्रम सहित मनाइएको छ ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको आयोजनामा धनगढीस्थित संघिय प्रहरी इकाई कार्यालयमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा अमर प्रहरी स्मारकमा माल्यार्पण गरिएको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, प्रहरी नायव महानिरीक्षक तारिणीप्रसाद लम्साल, प्रदेश सभा सदस्य रतनबहादुर थापा, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट लगायतले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री भट्टले समय अनुसार प्रहरीको कार्यशैलीमा परिवर्तन आउनुपर्ने चर्चा गरे । उनले भने– मुलुक विभिन्न बाधा अवरोध पार गर्र्दै अहिलेको अवस्थामा आइपुगेको छ । त्यसैले बदलिदो समय अनुरुप प्रहरी पनि परिवर्तन हुनु पर्दछ ।
मुख्यमन्त्रीले नेपालमा संघियता लागू भएर तीन तहका सरकार बनेसंगै जनताका अपेक्षा पनि निकै बढेको बताए ।
उनले प्रहरी प्रशासनको क्षमता अभिबृद्धी तथा प्रहरीलाई आवश्यक पर्ने सामग्री सरकारले उपलब्ध गराउने बताए ।
उनले प्रहरी संगठनमा काम गर्ने व्यक्ति हेपिने र हाकिमको नजिक हुनेले सधै“ संरक्षण पाउने परिपाटीको अन्त्य हुनुपर्ने बताए । भने– पहु“चको भरमा सरुवा, बढुवाका साथै राजनीतिक पहु“च र संरक्षणका भरमा अपराधीलाई उन्मुक्ति दिने प्रवृत्तिको अन्त्य नभएसम्म् प्रहरी संगठनमा सुधार सम्भव छैन । मेरो आग्रह छ– राजनीतिक क्षेत्रबाट अपराधीलाई बचाउने काम नगरियोस् ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले अपराधी “हाइटेक”मा र सुरक्षा निकाय “लोटेक” मा हुने अवस्था रहेसम्म शन्ति सुरक्षा बलियो हुननसक्ने बताए ।
मन्त्री शाहले भने– जनताले पनि आफूलाई सादा पोशाकका प्रहरी सम्झेर भूमिका निर्वाह गर्नु आवश्यक छ ।
उनले प्रहरीले आफ्नो अधिकारभन्दा बढी काम गर्दा न्याय निरुपणमा समेत खलल पुग्ने बताए । भने– कोहीकसैबाट पनि लोकतन्त्र कमजोर गर्ने तथा निरंकुशता हावी हुने काम हुनुहुदैन ।
प्रदेश प्रहरी कार्यालय प्रमुख (प्रहरी नायव महानिरीक्षक तारिणीप्रसाद लम्सालले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी सधैं कटिवद्ध रहेको बताए । उनले प्रहरीसंग आवश्यक उपकरण तथा सवारी साधनको कमीको समस्या सम्बोधन गरिदिन सरकारसंग अनुरोध गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य थापा, धनगढी उपमहानगरपालिका उपप्रमुख मिश्र, प्राध्यापक डाक्टर हेमराज पन्त लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार