४ जेष्ठ २०८१, शुक्रबार

कैलाली जिल्ला फुटबल संघलाई अन्तर संघ फुटबल प्रतियोगिताको उपाधि



धनगढी । कैलाली जिल्ला फुटबल संघले केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार धनगढी रंगशालामा भएको फाईनलमा वैंकर्स क्बल धनगढीलाई पेनाल्टी सुटआउटमा हराउँदै फुटबल संघले उपाधिमाथि कब्जा जमाएको हो ।
निर्धारित समय बराबरी भएको खेलपछिको पेनाल्टीमा फुटबल संघ ५—४ ले विजयी भयो । उपाधिसँगै फुटबल संघले नगद ५० हजार समेत पाएको छ । उपविजेता भएको वैंकर्स क्लबले नगद २५ हजारमा चित्त बुझाएको छ ।
नैनादेवी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । नैनादेवी युवा क्लबका अध्यक्ष जितेन्द्र वोगटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगपालिकाका मेयर नृप वड रहेका थिए ।
प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार