१० श्रावण २०८१, बिहीबार

कृषि विकास बैंकबाट दुई करोड बढी चोरी



धनगढी । कैलाली, चितवन तथा सिरहामा रहेका कृषि विकास बैंकका तीन शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको छ । मंगलबार राती बैंकको कम्प्यूटर सिस्टम ह्याक गरेर रकम चोरी भएको बताइएको छ ।


प्रहरीले बैंकमा चोरी गरेको अभियोगमा कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै, देशका अन्य जिल्लाबाट अन्य १० जनालाई पक्राउ गरेको जनाएको छ ।
कृषि विकास बैंकमा रकम चोरी काण्डमा संलग्न भएको आरोपमा प्रहरी अपराध अनुसन्धान महाशाखाले कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ का विजय शाह र चन्द्रबहादुर बुढालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले कैलालीको कुन बैंक शाखाबाट कति रकम चोरी भयो भन्ने खुलाएको छैन ।
कैलाली प्रहरीका अनुसार प्रहरी अपराध अनुसन्धान महाशाखाले चोरी काण्डमा संलग्न व्यक्तिको नाम पठाएका आधारमा विजय र चन्द्रबहादुरलाई पक्राउ गरिएको थियो ।
कैलाली तथा सिरहाको लाहन र चितवनको सौराहा शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर दुई करोड रुपैया“ चोरी भएको थियो । तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर रकम चोरी भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनले कैलालीको कुन शाखाबाट चोरी भयो भन्ने बारे अनुसन्धान भईरहेको बताए ।
कैलालीको कृषि विकास बैंकको क्षेत्रीय कार्यालयबाहेक अन्य शाखाबाट चोरी गरेर भजनी शाखामा जम्मा भएको स्रोतले जनाएको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय प्रमुख गणेशबहादुर डिसीले भजनी शाखामा १९ लाख रुपैया जम्मा भएको बताए ।
ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भन्ने पिटरले नेपालीहरूलाई सम्र्पक गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । पिटरले अवैध रुपमा बैंकको रकम झिक्ने काममा संग्लनहरुलाई मुम्बई नै बोलाएर काम सिकाएको र पैसा निकाले वापत कमिसन दिने गरी काममा लगाएको बुझिएको छ ।
अपराध अनुसन्धान महाशाखाका अनुसार रकम निकालेर भारत पठाउनेहरुलाई १५ देखि ३५ प्रतिशत कमिशन दिने गरी काममा लगाएको देखिएको छ । महाशाखाका अनुसार ह्याकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाबाट चार करोड ७३ लाख ९६ हजार रुपैया“ अवैध रुपमा रकम झिकेको छ ।
त्यस्तै नया“ बानेश्वरमा रहेको पानस रेमिटबाट १२ लाख रुपैया“ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार