१० श्रावण २०८१, बिहीबार

जिसस प्रमुखद्धारा बुबाको पूण्य तिथीमा असहायलाई सहयोग



धनगढी । जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले दृष्टि फाउण्डेसनमा नगद तथा सामाग्री सहयोग गरेका छन् ।
मंगलबार बुबाको पूण्यतिथीको अवसरमा थापाले नगद १० हजारसहित तरकारी तथा मिठाई सहयोग गरेका हुन् ।
विहानै दृष्टि फाउण्डेसनमा गएर उनले नगद र सामाग्री सञ्चालक कल्पना भट्टलाई हष्तान्तरण गरेका हुन् ।
‘दृष्टि फाउण्डेसनलाई सहयोग गर्ने इच्छा थियो तर, अहिलेसम्म अवसर पाएको थिएन्’ प्रमुख थापाले भने ‘बुबाको पूण्यतिथीको अवसरमा पुजारीलाई दिनुपर्ने दक्षिणा फाउण्डेसनलाई हष्तान्तरण गरेको हुँ ।’ उनले फाउण्डेसनलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस अघि पनि जिसस प्रमुख थापाले लम्की क्षेत्रमा रहेका गरिवी, जेहेन्दार विद्यार्थीहरुलाई झोला तथा अन्य सामाग्री सहयोग गरेका थिए ।

तस्बिरः कल्पना भट्टकाे फेसबुकबाट

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार