२२ बैशाख २०८१, शनिबार

निःशुल्क सिकलसेल परीक्षण



धनगढी । संविधान दिवसको अवसरका धनगढी उपमहानगरपालिका वडा नं. ६ जालीमा सिकलसेल एनिमियाको स्क्रिनिङ्ग शिविर सञ्चालन गरिएको छ ।


वडा नं. ६ को वडा कार्यालयको सहकार्य र धनगढी डाइग्नोसिस एण्ड रिसर्च सेन्टरको आयोजनामा जालीका थारु समुदायको निःशुल्क रक्त परीक्षण गरिएको हो । लामो समयदेखि गर्मीमा बसोबास गरेका कारण सिकलसेल थारु समुदायमा बंशाणुगत समस्याको रुपमा देखा परेको छ ।
सेन्टरका प्रबन्ध निर्देशक महेन्द्रबहादुर साउँदले एक सय ३१ जना महिला र ५८ पुरुष जना महिला गरी एक सय ९९ जनाको निःशुल्क रगत परीक्षण गरिएको बताए । उनले परीक्षण गरिएको मध्ये १२ जनामा सिकलसेल पोजिटभ, १९ लाई सिकलसेल संक्रमण र बाँकीमा सिकलसेल नेगेटिभ रहेको बताए ।
सेन्टरका अध्यक्ष व्यवसाय संगसंगै सेन्टरले सामाजिक सेवा समेत गर्ने गरेको र संविधान दिवसको अवसर पारेर जालीमा निःशुल्क रक्त परीक्षण शिविर सञ्चालन गरेको बताए । वडा अध्यक्ष भागीराम चौधरीले वडाको सबै नागरिकहरुको निःशुल्क रक्त परीक्षण गराउन वडा कार्यालयको योजना रहेको बताए ।
यो रोग लागेमा रगतको मात्रा कम हुँदै जानु, हाड जोर्नी तथा मांशपेशी दुख्नु, टाउको दुख्नु, निमोनिया देखान पर्नु, हात खुट्टा झमझमाउनु, छाती दुख्नु तथा श्वास फेर्न गाह्रो हुनु लगायतका लक्षणहरु देखा पर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार