२२ बैशाख २०८१, शनिबार

होटल व्यवस्थापन तालिम समापन



धनगढी । होटल सञ्चालन व्यवस्थापन सम्बन्धी १० दिने तालिम बिहीबार धनगढीमा समापन भएको छ । होटल व्यवसायी संघको आयोजनामा सञ्चालन भएको तालिमको धनगढी उपमहानगरपालिक प्रमुख नृपबहादुर वडले समापन गरे ।
सो अवसरमा नगर प्रमुख वडले पर्यटकलाई आकर्षण गराउने मुख्य भुमिका होटल व्यवसायीको रहेको र एक पटक आएका पर्यटकलाई पटक–पटक आउने वातावरण बनाउन आग्रह गरे ।
तालिममा नेपाल होटल तथा पर्यटन व्यवस्थापन प्रतिष्ठानका सूर्यबहादुर श्रेष्ठ लगायतले होटल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरु, प्रशिक्षार्थी हेमा बन्जारी, हरिश भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार