२२ बैशाख २०८१, शनिबार

वडा कार्यालय भवनमा आगजनी



धनगढी । धनगढी उपहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनमा बुधवार राति आगजनी भएको छ ।
राति १० बजेतिर मोटरसाईकलमा आएका व्यक्तिहरुले वडा कार्यालय भवनमा आगजनी गरेको बताइएको छ । आक्रमणकारीले वडाध्यक्षको कक्षको झ्यालको शिशा फुटाएर पेट्रोलको बोतलमा आगो लगाएर फालेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदिप गिरीले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
आगजनीको धनगढी उपमहानगरपालिकाले निन्दा गरेको छ । नगर प्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित विज्ञप्तीमा द्वन्द्वकालकै झझल्को दिने गरि वडा कार्यालयमा भएको आगजनीको निन्दा गरिएको छ ।
उता, बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ३, महतीस्थित वडा कार्यालय भवनमा बुधबार राती आगजनी भएको छ । आगजनी कसले ग¥यो भन्ने अझैं खुल्न सकेको छैन ।
बुधबार राति साढे ११ बजेतिर वडा कार्यालयमा आगजनी भएको बाजुरा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताए ।
स्थानीय धुव्रवहादुर शाहीको घरभाडामा लिएर वडा कार्यालय सञ्चालन भइरहेको थियो । आगजनीबाट कागजपत्र जलेका छन् । आक्रमणकारीले कार्यालयमा पसेर कम्प्युटर, फर्निचर लगायतका सामग्री तोडफोड समेत गरेको वडाध्यक्ष डम्वरबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार