५ जेष्ठ २०८१, शनिबार

सरकारी अस्पतालमा आज निःशुल्क बहिरंग सेवा



धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेका अस्पतालमा आज (बिहिबार) बहिरंग सेवा निःशुल्क गरिने भएको छ ।
संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश सरकार मातहात रहेका अस्पतालहरूलाई सामाजिक विकास मन्त्रालयले आज एक दिनलाई बहिरंग सेवा निःशुल्क गर्न परिपत्र गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले ‘प्रदेश सरकार मातहात रहेका अस्पतालमा परिपत्र गरिसकेको’ बताए । सुदूरपश्चिम प्रदेश सरकार मातहत डडेल्धुराको उपक्षेत्रीय अस्पताल बाहेक सेती र महाकाली प्रादेशिक अस्पताल, बैतडी, अछाम, डोटी, दार्चुला, बाजुरा र बझांग जिल्ला अस्पताल रहेका छन् ।
मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले ‘मन्त्रालयले संविधान दिवसको अवसरमा बहिरंग सेवा निःशुल्क गर्नका साथै विभिन्न क्रियाकलापहरू अघि बढाउन’ आग्रह गरिएको बताए । उनका अनुसार मन्त्रालयमातहत रहेका अस्पतालहरूको प्रांगणमा सरसफाई कार्यक्रम, बृक्षारोपण लगायतका गतिविधी गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार