५ जेष्ठ २०८१, शनिबार

डेंगु तथा स्क्रबटाइफसबारे अभिमुखीकरण



घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३, बगुलियामा डेंगु तथा स्क्रबटाईफस बारे बुधबार विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ ।
वडा नम्बर ३ को आयोजनमाभएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रममा दरख स्वास्थ्य चौकीका अहेव बेद चौधरीले डेंगु रोग बारे जानकारी गराएका थिए ।
उनले पानीका पोखरी, पानी जम्ने टिनका डिब्बा, थोत्रो टायर, खाली ड्रम, फूलदानी आदिमा लामखुट्टेले फुल पार्ने हुदा सजग रहन आग्रह गरे । अहेव चौधरीले धेरै टाउको दुख्ने, आ“खाको गेडी दुख्ने, ढाडजोर्नी तथा मा“सपेशी दुख्ने, रातो डाबर सहितका विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने, रक्तश्राव हुने लक्षण देखापरेमा तुरुन्त नजिकको स्वास्थ्थ चौकीमा उपचारका लागि जान आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार