१० श्रावण २०८१, बिहीबार

कांग्रेस संसदीय दलद्वारा रेडियोकर्मीको पुनर्बहालीको माग



धनगढी । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, दीपायलबाट निष्काशित तीन जना सञ्चारकर्मीहरूलाई तत्काल पुनर्बहाली गर्न माग गरेको छ ।


संसदीय दलको कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, दिपायलमा कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कु“वरको यथासिघ्र पुनर्बहालीकोम माग दोहोर्‍याएको छ ।
संसदीय दलका सदस्य सचिव प्रदेश सभा सदस्य श्यामलाल रानाद्वारा विज्ञप्तीमा “बिनाकारण निष्काशन गरिएका सञ्चारकर्मीहरूको पुनर्बहालीको माग सहित भइरहेको आन्दोलनमा सरकारी पक्षबाट असहिष्णु हुनुका साथै दमनमा उत्रिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको” उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ– रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रबाट निष्काशित सञ्चारकर्मीहरूको पुनर्बहालीका लागि वार्ताका माध्यमबाट समाधान खोज्नु पर्नेमा उल्टै नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पदाधिकारीहरूलाई धरपकड गर्ने, सञ्चारकर्मीहरूका माग सुन्न नचाहने तथा दुई तिहाईको दम्भमा पेलेरै जाने सरकारको अधिनायकवादी मानसिकताको सुदूरपश्चिम प्रदेश नेपाली का“ग्रेस संसदीय दलको कार्यालय कडा शब्दमा निन्दा गर्दछ ।
विज्ञप्तीमा “लामो समयदेखि रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीहरुलाई बिना कारण निष्काशन गरिनुले सरकारी स्वामित्वको सञ्चार माध्यम स्वयं नै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाप्रति उदासिन रहेको” स्पष्ट भएको उल्लेख छ ।
“सञ्चारकर्मीहरूको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नु राज्यको दायित्व हो र यसप्रति सबैभन्दा बढी सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम गम्भीर हुनु आवश्यक हुन्छ” विज्ञप्तीमा भनिएको छ– रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रबाट निष्काशन गरिएका सबै सञ्चारकर्मीहरूको यथासिघ्र पुनर्बहालीको जोडदार माग गर्दै श्रमजीवी पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षाप्रति गम्भीर हुन सरकारको ध्यानार्षण गराउदछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार