१० श्रावण २०८१, बिहीबार

विविध कार्यक्रमसहित बाल दिवस मनाइयो



धनगढी । कैलालीसहित देशभरी आईतबार विभिन्न कार्यक्रम सहित बाल दिवस मनाइएको छ । ‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरिएका थिए ।


दिवसका अवसरमा नेपाल बाल संगठन कैलालीले धनगढीस्थित आमाको माया छात्रावासलाई एक हजार लिटर क्षमताको खानेपानी ट्यांकी रदुई वटा पंखा प्रदान गरेको छ । त्यस्तै, कैलाली जिल्ला कारागारमा रहेका पाँच जना बालबालिकालाई न्यानो लुगा र खेलौना प्रदान गरिएको बाल संगठन कैलालीका अध्यक्ष भूवनेश्वर पन्तले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आगामी दिनमा पनि विभिन्न निकायसंग समन्वय गरी बालबालिकाको जीवनस्तर सुधार गर्न सक्दो सहयोग गर्ने बताए ।
बाल संगठन कैलालीका अध्यक्ष पन्तले संगठनले बालबालिकाको हितमा थुप्रै काम गर्दै आएको चर्चा गरे । उनले गत वर्ष बाल दिवसका अवसरमा आमाको माया छात्रावासलाई झुल वितरण गरिएको बताए ।
नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बाल दिवसको रुपमा मनाउने गरिएको छ ।
विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भदौ २९ गते मनाउन थालिएको हो ।

बालदिवसमा हाजिरीजवाफ प्रतियोगिता

कैलालीको जानकी गाउँपालिकामा बाल दिवसका अवसरमा आइतबार हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार भन्ने नाराका साथ आइतबार हाजिरीजवाफ प्रतियोगितामा आयोजना गरिएको थियो ।
प्रतियोगितामा महेन्द्र शिशु माध्यामिक विद्यालय धर्मापुर प्रथम, सरस्वती माध्यामिक विद्यालय दुर्गौली दितिय, शिबबाबा ईग्लिस बोडि¨ स्कुल तृतीय र पतञ्जली विद्यास्थली दुर्गौली सान्तवाना स्थान प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार