२३ बैशाख २०८१, आईतवार

“मेरो लक्ष्य” को च्यारिटी शो हुँदै



धनगढी । शैक्षिक विषयवस्तुमा निर्मित मेरो लक्ष्य नामक नेपाली चलचित्रको धनगढीमा च्यारिटी शो हुने भएको छ । कन्फिडेन्ट युथ करियर डेभलपमेन्ट एजेन्सीको प्रस्तुती रहेको सो चलचित्रको असोजको पहिलो साता च्यारिटी शो हुने जनाइएको छ ।


चलचित्र निर्माताका अनुसार धनगढीपछि सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि च्यारिटी शो हुने छ । चलचित्रको निर्माता विनय लामा रहेका छन् । चलचित्रको कथालेखन तथा निर्देशन गणेश श्रेष्ठले गरेका छन् ।
चलचित्रमा निर्मल शर्मा, रश्मी भट्ट, सुजन श्रेष्ठ, रुपक रोकाया, आश्रय कोइराला, बरुन लिम्बु, श्रृष्टि भट्टराई, प्रकाश मगर लगायतको अभिनय रहेको छ ।
निर्माता लामाका अनुसार चलचित्रमा एक विद्यार्थीको जीवनमा आएको संघर्ष र सकारात्मक परिवर्तनको कथामा आधारित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार