११ श्रावण २०८१, शुक्रबार

सबैले इमान्दारिपूर्वक भूमिका निर्वाह गरेमात्र बलियो शासन– सभामुख थापा



धनगढी। सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सबै पक्षले इमान्दारिपूर्वक आ–आफ्नो भूमिका निर्वाह गरे मात्रै जनताको शासन बलियो हुने बताएका छन् ।


सभामुख थापाले एकले अर्काको एकोहोरो विरोध र आलोचनाले मात्रै परिवर्तित शासन प्रणाली बलियो र संस्थागत हुननसक्ने बताए ।
सञ्चार प्रतिष्ठान नेपालद्वारा शनिबार धनगढीमा आयोजित “परिवर्तित शासकीय संरचनामा मुलभूत सवाल, पत्रकारहरूका लागि क्षमता अभिवृद्धि” कार्यशालामा सभामुख थापाले नेतादेखि पत्रकार सबै पक्षले आफ्नो पेसा र दायित्वप्रति निष्ठावान भएर भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले भने– प्रतिपक्षले सधैं सत्तापक्षलाई गलत मात्रै देख्ने र मिडियाले पनि सधैं नकारात्मक समाचार सम्प्रेषण गर्ने प्रवृत्ति गलत हो ।


कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले अझैं पनि स्थानीय तहमा संसदीय अभ्यास कमजोर रहेको चर्चा गरिन् ।
उपप्रमुख भट्टले मुलुकमा लागू भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणाली बलियो बनाउन तीनै तहका सरकारका साथै सबै पक्षबीच बलियो समन्वय र सहकार्य अनिवार्य रहेको बताइन् । उनले भनिन्– बलियो समन्वयको भूमिका सञ्चार क्षेत्रले निर्वाह गर्नु आवश्यक छ ।
उनले अहिले पनि संघीय सरकारले सकेसम्म स्थानीय तह तथा प्रदेश सरकारलाई अधिकार दिन हिच्किचाई रहेको महसुस भइरहेको चर्चा गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव जगत नेपालले पत्रकारहरूलाई कुनै पनि स्थितिमा गल्ती गर्ने सुविधा नरहेको बताए ।
उनले भने– राजनीतिक नेतृत्वले गल्ती गर्दा पा“च वर्षपछि जनताले सजाय दिन्छन्, तर पत्रकारले गल्ती गर्दा तत्काल सजाय पाउनुपर्ने स्थिति हुन्छ ।
उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष प्रकशबिक्रम शाहको अध्यक्ष्ग्तामा भएको थियो ।
आज –आइबार) सम्म सञ्चालन हुने कार्यशालामा कैलालीका २१ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार