१० श्रावण २०८१, बिहीबार

चितुवाकाे अाक्रमणबाट बालककाे मृत्यु



बैतडी । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ। शिवनाथ गाउँपालिका–२ टाँडीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो। 

शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। आक्रमण गरी चितुवाले बालक बेपत्ता बनाएको थियो। उनको शव राति १० बजेतिर घरभन्दा ५ सय मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको प्रहरी निरीक्षक चन्दले बताए। बालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ।  

यसैबीच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका स्थानीय वीरेन्द्र महताले जानकारी दिए। स्थानीयवासी त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २०६८ यता २४ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार