१० श्रावण २०८१, बिहीबार

जग्गा ब्यवस्थापन विधेयकबाट समस्या हल हुन्छ– राज्यमन्त्री रावल



अनुमोदन समाचार/लम्की । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले जग्गा ब्यवस्थापन विधेयक पारित भएकोले सुदूरपचिमको जग्गा सम्बन्धी समस्या हल हुने बताएका छन् ।
बल्चौर वन तथा वातावरणीय विकास केन्द्र नेपालको शुक्रबार लम्कीमा भएको आठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै राज्यमन्त्री रावलले देशभरी नै सबैभन्दा बढी जग्गाको समस्या सुदूरपश्चिम प्रदेशले भोगिरहेको अवस्थामा जग्गा ब्यवस्थापन विधेयकले जग्गा सम्बन्धी समस्या हल हुने दाबी गरे ।
उनले जग्गाको लालपूर्जाबिहीन जनताले धेरै समस्या भोग्नु परेकोले बताए ।
अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्क बहादुर कूँवरले ३२ वटा विधेयक पास भईसकेको र तत्काल वन विधेयक ल्याउने तयारीमा रहेको बताए ।
टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले विश्वकै दुर्लभ डल्फिन संरक्षणका लागि माछा र पानी सम्बन्धी कानून बनाउन लागेको बताए । उनले डल्फिनको संरक्षणका लागि माछा आवश्यक हुने भएकोले मोहना नदीमा माछा मार्न रोक लगाइएको बताए ।
उनले नदी कटानको कारण प्राकृतिक विपत्ति आउन भएकाले नदीखोलाबाट ढुंगा बालुवा गिट्टी उत्खनन्मा ठेक्का प्रणाली बन्द गर्नुपर्ने बताए ।
साधारण सभामा बल्चौर वन तथा वातावरणीय विकास केन्द्र नेपालका अध्यक्ष उजिरसिंह सुनारले प्रगति प्रतिवेदन र आगामी योजना प्रस्तुत गरेका थिए ।
संस्थाका कार्यक्रम संयोजक ममता रावलले एक करोड ११ लाख ४० हजार रुपैयाँको आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष उजिरसिंह सुनारको अध्यक्षतामा भएको साधारण सभाको संचालन संचालन सचिव कर्ण रावलले गरेका थिए भने स्वागत मन्तव्य कमला केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार