४ जेष्ठ २०८१, शुक्रबार

मानव बेचबिखन बिरुद्ध वृत्तचित्र प्रदर्शन



धनगढी । धनगढी उपमहानगरपालिका र माईती नेपालले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विद्यालयहरूमा सन्देशमुलक वृत्तचित्र प्रदर्शन शुरु गरेको छ ।


उपमहानगरपालिकामा रहेका सबै माध्यमिक विद्यालयहरूमा बिहीबारदेखि छोरी नामको वृत्तचित्र प्रदर्शन गर्न सुरु गरेको छ ।
बिहीबार वडा नम्बर ६ स्थित बाशुदेबी मावि र वडा नम्बर ७ स्थित सरस्वती माध्यमिक विद्यालय मनहेरामा वृत्तचित्र प्रदर्शन गरियो ।
वृत्तचित्र प्रदर्शनअघि उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले सहजीकरण गरेकी थिइन् ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा वृत्तचित्र प्रदर्शन गरिएको उपप्रमुख भट्टले बताईन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार