३ जेष्ठ २०८१, बिहीबार

घोडाघोडीमा डेंगु र स्क्रबटाईपस फैलियो



सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा डेंगु र स्क्रब टाइपसको प्रकोप फैलिएको छ । घोडाघोडी अस्पतालका अनुसार घोडाघोडी नगरपालिकाका दुई र अन्य पालिकाबाट आएका तीन जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।


त्यस्तै घोडाघोडी अस्पतालमा उपचारका लागि आएका १० जनामा स्क्रबटाईपस रोगको संक्रमण देखिएको छ ।
अस्पतालले डेंगु रोग लाग्न नदिन घर वरीपरी सफा राख्नु पर्ने, नियमित झुलको प्रयोग गर्नु पर्ने तथा खाल्डाखुल्डी र भाडामा धेरै दिनसम्म पानी जम्न नदिने तथा लगातार पांच दिन बढी ज्वरो आएमा स्वास्थ्य संस्थामा जचाउान आग्रह गरेको छ ।
अहिले देशभर डेंगुको डर बढेको छ । बर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको चिकित्सकहरू बताउछन् ।
डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको चिकित्सकहरू बताउछन् ।
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ । पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन् । तर यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जना मध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ । त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने डाक्टरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार