१० श्रावण २०८१, बिहीबार

रेडियो नेपालबाट पत्रकार हटाइएको विरोधमा देशभरीबाट सरकारलाई ज्ञापन बुझाइयो



धनगढी । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलबाट बर्खास्त गरिएका तीन जना पत्रकार कर्मचारीको पुनर्बहालीको माग सहित बुधबार कैलाली लगायत देशका सबै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।


नेपाल प्रेस युनियन, केन्द्रीय समितिको आह्वानमा बुधबार युनियनका शाखाहरूले जिल्ला प्रशासन कार्यालय मार्फत सूचना प्रविधि तथा सञ्चार मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल र तीन वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र उद्घोषक चक्र कु“वरलाई केही दिनअघि सेवाबाट बर्खास्त गरिएपछि निरन्तर आन्दोलन भइरहेको छ ।
आन्दोलनका क्रममा प्रेस युनियन कैलालीले विरोध ¥यालीपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापनपत्र बुझाएको थियो ।
धनगढीको पार्कमोडबाट शुरु भएको ¥यालीमा युनियनका संस्थापक तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल पत्रकार महासंघका पूर्व सभापति चित्राङ्ग थापा र उमिदप्रसाद बागचन्द, महासंघका पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वा“र सहित उल्लेख्य संख्यामा प्रेस युनियनकर्मीको सहभागिता रहेको थियो ।
ज्ञापनपत्र बुझाउने क्रममा युनियनका संस्थापक दाहालले आस्थाका आधारमा सरकारी स्वामित्वका सञ्चार माध्यमबाट पत्रकार कर्मचारीलाई हटाइएकोमा आपत्ति जनाए ।
उनले भने– संविधानको गलत ब्याख्या गरेर मिडिया कानूनको अपराधिकरण गरिदैछ । विद्युतीय कारोबार कानूनका आधारमा पत्रकारहरूमाथि अंकुश लगाउने प्रयास भइरहेको छ भने आस्थाका आधारमा सरकारी स्वामित्वका सञ्चार माध्यमबाट पत्रकारलाई हटाएर प्रेसलाई तर्साउन खोजिदै छ ।
महासंघका पूर्व अध्यक्ष दाहालले सरकार प्रेस तथा नागरिक आवाजमाथि विभिन्न बहानामा अंकुश लगाउदै स्वेच्छाचारी बन्ने खतरा बढेकोले नागरिक अधिकारका पक्षधर सबै एकजु्ट भएर अग्रसर हुन आग्रह गरे ।
सो अवसरमा प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले ज्ञापनपत्र बाचन गरेका थिए । कार्यक्रमको युनियनका जिल्ला सचिव सीताराम ओझाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार