४ जेष्ठ २०८१, शुक्रबार

स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रारको स्वागत



धनगढी । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सुदूरपश्चिम प्रदेश रजिष्ट्रारलाई मंगलबार धनगढीमा स्वागत तथा सम्मान गरिएको छ ।

मेडिकल ल्याब्रोटरी एसोसिएसन (मेलान) सुदूरपश्चिम प्रदेश समितिले मंगलबार आयोजना गरेको एक कार्यक्रममा परिषद्का सुदूरपश्चिम प्रदेश रजिष्ट्रार दिपकराज भट्टलाई स्वागत गर्नुका साथै सम्मान गरेको छ ।
सो अवसरमा मेलानका प्रदेश अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले रजिष्ट्रार भट्टलाई सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले पनि मन्तव्य व्यक्त गरेका थिए ।
परिषद्का रजिष्ट्रार भट्ट १७ वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका छन् । संघीय स्वास्थ्य मन्त्रालय स्तरीय बैठकले भट्टलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सुदूरपश्चिम प्रदेश रजिष्ट्रार मनोनित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार