१० श्रावण २०८१, बिहीबार

निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन



टीकापुर । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले शनिबार टीकापुरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय बढीले स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् ।


शिविरमा नाक कान घाँटी सम्बन्धी दुई सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने एक सय बढी महिलाले स्त्री रोगसम्बन्ध स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
शिविरमा सेती अञ्चल अस्पतालका नाक कान घा“टी रोग विशषेज्ञ डाक्टर अशोक श्रीपाइली र स्त्री रोग विशेषज्ञ डाक्टर नजमुस्सवा अन्सारीले सेवा प्रदान गरेको जनाइएको छ ।
शिविरमा स्वास्थ्य परीक्षण सेवा लिएकामध्ये नाक कान घाँटीका सात बिरामी तथा स्त्रीरोगबाट पीडित छ जना बिरामीको सल्यक्रिया गर्नुपर्ने भएकाले सेती अस्पताल रेफर गरिएको रेडक्रस सोसाइटी, टीकापुर उपशाखाले जनाएको छ ।
रेडक्रसका स्वास्थ्य संयोजक टेकराज बिनाडीले आगामी दिनमा पनि अन्य रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।
यसअघि शिविरको टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले उदघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार