२२ बैशाख २०८१, शनिबार

दोस्रो मिस फारवेस्ट नेपाल हुँदै



धनगढी । कैलालीको धनगढीमा दोस्रो मिस फारवेष्ट नेपाल २०१९ प्रतियोगिता हुने भएको छ ।
रोयल कोलाबोरेटिभ प्रालिको आयोजनामा प्रतियोगिता हुने शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको अडिसनका लागि आवेदन फारामहरू वितरण शुरु भइसकेको प्रतियोगिता संयोजक पवन बसुवाले बताए ।
संयोजक बसुवाका अनुसार प्रतियोगिताको अडिसन धनगढी, टीकापुर र महेन्द्रनगरमा हुने छ । आवेदन फारामका लागि पा“च सय रुपैया र तालिमका लागि १० हजार रुपैया शुल्क तोकिएको जनाइएको छ ।
असोज ५ गतेदेखि प्रतियोगिताको अडिसन शुरु हुने आयोजक कमिटि सदस्य देवन्द्र जोशीले बताए । अडिसन पश्चात उनीहरुको एक महिनासम्म तालिम दिइने छ । प्रतियोगिताको फाइनल कार्तिक छ गते धनगढीमा हुने छ ।
प्रतियोगिताको प्रथम विजेताले स्कुटर, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैया पुरस्कार
प्रतियोगितामा १६ देखि २५ उमेर समुहका युवतीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार