१० श्रावण २०८१, बिहीबार

थरुहट राष्ट्रिय मोर्चाले संविधान ‘जलाउने’



सुखड । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते संविधानका केही धारा तथा उपधारा जलाउने घोषणा गरेको छ । टीकापुरमा केही दिनअघि भएको थरुहट÷थारुवान राष्ट्रिय सम्मेलनले सो मोर्चा गठन गरेको थियो ।


थरुहट थारुवान राष्ट्रिय मोर्चाको शनिबार कैलालीको सुखडमा भएको जिल्ला सम्मेलनमा मोर्चाका संयोजक लक्ष्मण थारुले संविधानको धारा १८, २२ र ३२ तथा अनुसूचि ४ जलाउने तयारी गरिएको बताए ।
मोर्चा संयोजक लक्ष्मणले आफूहरूले पूर्ण लोकतान्त्रिक विधि तथा शान्तिपूर्ण आन्दोलन अघि बढाउने बताए । उनले टीकापुर सम्मेलन विथोल्न सत्तापक्षीय थारु नेताहरूले निकै प्रयास गरेको तथा भ्रम छरे पनि कार्यक्रम भव्य ढंगले शान्तिपूर्ण रुपमा भएको बताए ।
उनले टीकापुर सम्मेलनले शासकहरूको दिमाग हल्लिएको टिप्पणी गरे ।
कार्यक्रममा मोर्चाका केन्द्रीय सल्लाहकार कृष्णकुमार चौधरीले ईतिहासमा हरेक मुद्दा तथा पछाडी पारिएका समुदायलाई राज्यसत्ताको मुलाधारमा पु¥याउन आन्दोलनबाहेकको विकल्प नरहेको बताए ।
सम्मेलनमा थरुहट थारुवान संघर्ष समितिका प्रदेश संयोजक होरिलाल चौधरी, मोहन थारु, रामप्रसाद थारु, बसन्ती चौधरी, चुन्नी चौधरी, अरुण चौधरी, दिनेश थारु लगायतले मन्तव्यक्त व्यक्त गरेका थिए ।
सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चाको जिल्ला संयोजकमा माधव थारुलाई चयन गरेको छ ।
जिल्ला मोर्चाको सहसंयोजकमा लौटन चौधरी, प्रवक्ता चुन्नी चौधरी र सचिव बसन्ती चौधरी रहेका छन् ।
त्यस्तै सदस्यमा अरुण चौधरी, देशराम चौधरी, आशा चौधरी, दिनेश चौधरी, गंगा दहित, शर्मिला चौधरी, प्रदेशी चौधरी, आशिष चौधरी, चक्र चौधरी र सविता चौधरी रहेका छन् ।
सम्मेलनले मोर्चाको सल्लाहकारमा प्रभात कुमार चौधरी, मणिराम चौधरी र भगतराम चौधरीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार