२७ मंसिर २०८१, बिहीबार

सशस्त्र प्रहरीको दिक्षान्त समारोह



धनगढी । सशस्त्र प्रहरी बल, बडिमालिका जवान तालिम शिक्षालय बनबेहडाले २ सय २७ औं सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त समारोह गरेको छ । शुक्रबार एक कार्यक्रमबीचसो टोलीलाई आधारभुत तालिमको प्रमाणपत्र प्रदान गरियो ।


एक सय ११ जना सहभागी आधारभूत तालिमको समापनका अवसरमा सशस्त्र प्रहरी नम्बर ७ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी नायब महानिरीक्षक गोविन्द क्षेत्रीले जवानहरूलाई देश र जनताको सेवामा कटिबद्ध रहेर कर्तव्य पालना गर्न निर्देशन दिए ।
तालिममा ममता चौधरी उत्कृष्ट थिए । त्यस्तै, कवाजमा धनबहादुर साउँद, सहिष्णुतामा टेकबहादुर राना र चा“दमारीमा गणेशबहादुर साउ“द उत्कृष्ट भए ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक क्षेत्रीले उत्कृष्ट जवानहरूलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा गौरिगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा, उपप्रमुख अञ्चला चौधरी, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत लगायतको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी निरीक्षक हर्क बहादुर साउँदको नेतृत्वमा आधारभूत तालिम सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार