१० श्रावण २०८१, बिहीबार

भाइरल ज्वरोका बिरामी बढे



कञ्चनपुर । कञ्चनपुरका स्वास्थ्य संस्थाहरूमा एक महिनादेखि भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ ।


कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल सहित अन्य स्वास्थ्य संस्थामा साउनको पहिलो सातादेखि नै भाइरल ज्वरोबाट ग्रसित बिरामी उपचारका लागि आइरहेको जनाइएको छ ।
महाकाली अञ्चल अस्पतालमा अहिले दैनिक एक सयको हाराहारीमा भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी उपचारका लागि आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका सूचना अधिकृत केशव अवस्थीले उपचारका लागि आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरल ज्वरोको संक्रमण देखिएको बताए ।
जिल्लाका अन्य स्वास्थ्य संस्थाका साथै निजी अस्पताल, क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।
शुक्लाफा“टा नगरपालिका वडा नम्बर १ मा रहेको श्रीराम आधारभूत विद्यालयका दुई शिक्षिका र एक शिक्षक भाइरल ज्वरोबाट ग्रसित भएपछि साता दुई दिनसम्म स्कूल नै बन्द गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार