१० श्रावण २०८१, बिहीबार

समुदाय प्रहरी साझेदारी कार्यक्रम



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा बिहीबार सामुदायिक सुरक्षा अभिबृद्धीका लागी समुदाय सुरक्षा प्रहरी साझेदारी कार्यक्रम भएको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक नागरिकको पनि महत्वपुर्ण भुमिका रहेको बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुस्कर पन्तले पछिल्लो समयमा फेसबुक, टुईटरमा भईरहेको विकृती र बिसंगती बारे सजग रहन सबैलाई अनुरोध गरे ।
सो अवसरमा सन्देश नेपालका अध्यक्ष निरज चटौतले हरेक अभिभावकले आफ्ना बालबालिकाहरूको बानीबेहोरा, संगत आदिबारे ध्यान दिन जरुरी भएको बताए ।
वडा प्रहरी कार्यालय धनगढी, धनगढी उपमहानगरपालिका र युएनडीपीको सहकार्यमा कार्यक्रमको आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार