१० श्रावण २०८१, बिहीबार

एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता : सुदूरपश्चिमाचल एकेडेमी प्रथम



धनगढी । धनगढीमा भएको एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता बुधबार समापन भएको छ । प्रतियोगितामा सुदूरपश्चिमाञ्चल एकेडेमी प्रथम भएको छ ।
बुधबार भएको फाइनल चरणमा सुदूरपश्चिमाञ्चल एकेडेमीले छ टिमबीच ९५ अंक सहित पहिलो स्थान प्राप्त गर्‍यो । जीतसंगै एकेडेमीले १५ हजार रुपैया पुरस्कार तथा ट्रफी पाएको छ । त्यस्तै, विजेता टिमलाई आईईएलएसमा शतप्रतिशत छुट सुविधा प्रदान गरिने छ ।
फाइनल चरणमा नाष्ट उमाविले ७० अंक सहित द्वितीय हुँदै १० हजार रुपैया पुरस्कार प्राप्त गरेको छ भने आईईएलएसमा ५० प्रतिशत छुट सुविधा पाएको छ । प्रतियोगितामा ग्यालेक्सी मावि तेस्रो भएको छ । फाईनल चरणमा ग्यालेक्सी सहित त्रिनगर मावि र एक्सीस विद्याश्रमले समान ५०÷५० अंक पाएका थिए । तिनै टिमबीच तेस्रो स्थानका लागि भएको प्रतियोगितमा ग्यालेक्सीले थप ५० अंक जोडेको थियो ।
तृतीय स्थान प्राप्त ग्यालेक्सीले पाँच हजार पुरस्कार तथा आईईएलएसमा २५ प्रतिशत छुट पाएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा मंगलबारदेखि शुरु भएको सो हाजिरीजवाफ प्रतियोगितामा १० विद्यालयका टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार