१० श्रावण २०८१, बिहीबार

भदौ १५ गते अटवारी : प्रदेश सरकारद्वारा विदा घोषणा



धनगढी । थारु समुदायले मनाउने अट्वारी पर्व यस वर्ष भदौ १५ गते परेको छ । हरेक वर्ष भदौ शुक्लपक्षको पहिलो आइतबार मनाइने अट्वारीमा थारु समुदायका पुरुषहरूले दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै ब्रत बस्ने गर्दछन् । आइतबार ब्रत बस्ने र सोमबारका दिन फलाहार गर्दा पहिलो भाग दिदीबहिनीका लागि छुट्याएर सोमबार नै दिदीबहिनीका घर पुर्‍याउने चलन छ ।

यस वर्षको अट्वारी मनाउन सुदूरपश्चिम प्रदेश सरकारले भदौ १५ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ । २०७६ बैशाख ५ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद् बैठकले अट्वारीमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।
भदौ शुक्लपक्षको पहिलो शनिवार मध्यराति भिन्सर्या (दर) खाइसकेपछि आइतबार दिनभरि ब्रत बस्ने र ब्रतालुले विभिन्न थरीका रोटी परिकार पकाउने चलन छ ।
किम्वदन्ती अनुसार प्राचीनकालमा थारु समुदायका एक छोरीमाथि भइरहेको अत्याचारबाट उनलाई पा“च पाण्डव मध्येका माइला भाइ भिमले उद्धार गरेको स्मरण गर्दै आइतवार भिमको नाममा व्रत बस्ने र पुजाआजा गर्ने चलन छ ।
त्यस्तै, भिमले थारु राजा दंगीशरणलाई युद्धमा सहयोग गरेको कारण उनको लागि पुजाव्रत गर्ने गरेको पनि विश्वास गरिन्छ ।
माहिला पाण्डव भिम सुर्खेतको काक्रेबिहार घुम्न आएको बेला दाङका राजामाथि शत्रुबाट आक्रमण भएको थियो । उतिखेर रोटी पकाउँदै गरेका भिमले काम छोडेर भोकभोकै दंगीशरणलाई सहयोग गरेको भनाइ छ । उनको सहयोगमा राजाले शत्रुमाथि विजय प्राप्त गरेकोले पाण्डव भाइ भिमको पुजा गरिने गरेको बताइन्छ ।
यही भनाई अनुसार विभिन्न थरीका रोटी पकाउने क्रममा एउटा ठूलो साइजको रोटी बनाइन्छ । जसलाई भिम रोटी भनिन्छ । भनाई अनुसार भीमले रोटी पकाउँदा पकाउँदै लडाईमा गएकाले त्यो रोटी एकतर्फबाट मात्रै पाकेको थियो । अटवारीमा भीम रोटी पनि एकैतर्फबाट पकाइन्छ ।
आइतवार व्रत बसेका दाइभाइहरूले साँझ भएपछि पुजापाठ गरेर मात्र फलफूल र रोटी खादा त्यो पनि दिदीबहिनीका पहिले छुट्याएर मात्रै खाने गरेका छन् । त्यो पनि भोलिपल्ट दिदीबहिनीलाई पु¥याउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार