२ जेष्ठ २०८१, बुधबार

धनगढीमा पढाई उत्सव



धनगढी । धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा मंगलबार पढाई उत्सवको आयोजना गरियो । पढाई उत्सवको एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले सामुदायिक विद्यालयको पढाई गुणस्तरमा सुधार ल्याउन अधिकांस विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराइएको बताए ।
त्रिनगर मावि अभिभावक संघका अध्यक्ष प्रेम बिसीले त्रिनगर माविमा निरन्तर पढाईमा सुधार आइरहेका कारण विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा नै सञ्चालन गर्नुपरेको चर्चा गरे ।
विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत पढाई उत्सवको आयोजना गरिएको बताए ।
उनले उत्सवले पढाई वातावरणलाई प्रवद्र्धन गर्न, बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न तथा शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाईमा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार