१० श्रावण २०८१, बिहीबार

तीन रेडियोकर्मी बर्खास्त गरिएको विरोधमा आन्दोलन जारी, सञ्चारकमन्त्रीलाई ज्ञापन बुझाइयो



धनगढी । रेडियो नेपाल, प्रदेश प्रसारण केन्द्र, दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मीलाई बिना कारण बर्खास्त गरिएको विरोधमा आइतबार पनि आन्दोलन जारी रह्यो ।


रेडियो नेपालले अकारण हटाएका तीन जना सञ्चारकर्मी (सुनिता रावल, प्रकाश बम र चक्रा कु“वर) लाई तत्काल पुनर्बहालीका माग गर्दै आइतबार डोटीको दीपायलमा धर्ना जारी रह्यो भने नेपाल प्रेस युनियनले सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझायो ।
प्रेस युनियनले जिल्ला प्रशासन कार्यालयहरूमार्फत सञ्चारकर्मीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।
कैलालीको धनगढीमा प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा आइतबार कैलाली जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।
त्यस्तै, नेपाल प्रेस युनियन लम्कीटीकापुर शाखाले पनि इलाका प्रशासन कार्यालय सुखडमा ज्ञापनपत्र बुझाएको छ ।
लम्कीटीकापुर शाखा अध्यक्ष देवानन्द न्यौपानेको नेतृत्वमा प्रेस युनियनको टोलीले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।

डोटीको दीपायलस्थित रेडियो नेपाल, प्रदेश प्रसारण केन्द्रको अगाडी आइतबार पनि दिनभरी कालोपट्टी बा“धेर धर्ना दिइएको नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार