सपदंशबाट आमाको मृत्यु, पाँच छोराछोरीको विचल्ली
सुखड । घोडाघोडी नगरपालिका वडा नम्बर १ घोडाघोडीमा सर्पदंशबाट एक महिलाको मृत्यु भएपछि पाँच नावालक बालबालिकाको विचल्ली भएको छ ।
कच्ची घरमा खाना पकाउने क्रममा बिहीबार बिहान सर्पले टोक्दा ३२ वर्षीया रानीपुरा न्यौपानेको मृत्यु भएको थियो ।
उनको समयमा उपचार नहुँदा मृत्यु भएको बताइन्छ । उनी आफैं उपचारका लागि स्थानीय एक मेडिकल गएको र मेडिकलको सल्लाहमा धनगढीस्थित सेती अस्पतालमा जाने क्रममा ढिलो भएकोले उपचार नपाएरै मृत्यु भएको ओम फार्मेसीका अहेव वेदप्रकाश चौधरीले बताए ।
उनी ओम फार्मेसीको सल्लाह अनुसार मसुरिया बडैपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुगेको र केन्द्रले सेती अस्पताल जान भनेको बताइन्छ ।
उनका सात महिनाको छोरा सहित पाँच १०, आठ, पाँच र चार वर्षका छोरीहरू छन् ।
श्रीमतीको मृत्युको खवर पाएपछि चार दिनअघि रोजगारीका लागि भारत गएका उनका श्रीमान शंकर न्यौपाने घर फर्किएका छैन ।