१० श्रावण २०८१, बिहीबार

डेंगुबाट एकको मृत्यु



डोटी । डोटीको दीपायलसिलगढी नगरपालिका वडा नम्बर ६ थाप्लामा डेंगु रोगबाट एक महिलाको मृत्यु भएको छ ।


थाप्लाकी छत्रा मलासीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका जेठाजु नारद मलासीले बताए ।
नारदका अनुसार बुहारी छात्रालाई ज्वरो आउने र टाउको दुख्ने क्रम नरोकिएपछि थप उपचारका लागि धनगढी पु¥याइएको थियो ।
डोटी जिल्ला अस्पतालका डाक्टर भुषण मिश्रले छत्राको डेंगुका कारण मृत्यु सुन्दा आफुलाई पनि पत्याउन गाहे भएको बताए ।
उनले अहिलेसम्म डोटीमा डेंगुुका विमारी रहेको तथ्यांक नभएको र पहाडमा पनि डेंगु रोग देखिनु चिन्ताजनक भएको बताए ।
डेंगु एडिज नामक लामखुट्टेको टोकाईवाट हुने गर्दछ । लामखुट्टेको बिभिन्न एडिज जात मध्ये एलवोपिक्टस र एडिज एजेप्टी नामका लामखुट्टेले टोकेमा डेंगु रोगको संक्रमण हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार