१० श्रावण २०८१, बिहीबार

काँग्रेस सभापति देउवा निवासमा गौरा भित्राइयो



धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासमा बिहीबार गौरा भित्राईएको छ ।


नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले विशेष पुजाआजा सहित गौरा भित्राइन् । धार्मिक अनुष्ठानसहित गौरा भित्राउदै डाक्टर देउवाले आफुले विहेपछि हरेक वर्ष गौरा मनाउने गरेको बताईन । उनले गौरा पर्व सुदूरपश्चिमेलीहरूको गौरव भएको चर्चा गरिन ।
धनगढी उपमहानगरपालिका प्रमुख तथा का“ग्रेसका धनगढी नगर सभापति नृपबहादुर वडले यस पटक भदौ ६, ७ र ८ गते देउवा निवासमा सामुहिक रुपमा गौरा खेल्ने कार्यक्रम रहेको जानकारी दिए ।
हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्राउने गरिन्छ । आठ प्रजातिका वनस्पतिहरू (धान, साउ“, पाती, कुर्जो, दुबो, कुस, तिल र अफामार्ग) बाट गौराको मूर्ति बनाइन्छ । नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतिक मान्ने गरिन्छ । यहि नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागासहित गौरा घरमा भित्राईन्छ ।
गौरालाई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै भारतको उत्तराखण्ड प्रदेशको कुमाउ र गढवालमा पनि मनाउने गरिन्छ ।
गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार