१० श्रावण २०८१, बिहीबार

सडकमा पशु चौपाया बाँधेमा जरिवाना



धनगढी । कैलालीको बर्दगोरिया गाँउपालिका वडा नम्बर १ ले आफनो क्षेत्रभित्र रहेका सडकहरूमा पशुचौपाया बाँधेमा पाँच हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको छ ।
वडा कार्यालयले बुधबारसूचना जारी गर्दै पशुपालकहरूले सडक छेउमा पशुचौपाया नबाँध्न आग्रह गरेको छ । सूचनामा अटेरी गरेमा पहिलो पटक पाँच हजार रुपैयाँ जरिवाना गर्ने तथा बारम्बार गल्ती गरेमा कडा कानुनीकारबाही गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार