१० श्रावण २०८१, बिहीबार

सशस्त्रद्वारा ठूलो एम्बुलेन्स सेवा सञ्चालन



धनगढी । विपद् व्यवस्थापन र उद्दारमा काम गर्दै आएको सशस्त्र प्रहरी बल मुख्यालय नम्बर ७ बैजनाथ बाहिनी अत्तरियाले इमिडिएट रेस्पोन्स टिम (आइआरटी) मार्फत ठुलो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
यथाशीघ्र सेवा, सुरक्षा, उद्दार लगायतका घटनामा काम गर्दै आएको सशस्त्र प्रहरीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा छुट्टछुट्टै आइआरटी परिचालन गर्दै आएको जनाएको छ । सशस्त्र प्रहरीका बैजनाथ बाहिनीका प्रमुख (सशस्त्र प्रहरी नायव महानिरीक्षक) गोविन्द सेठ्ठीले प्रदेशमा रहेको सशस्त्र कार्यालयमा एम्बुलेन्सहरूको व्यवस्था गरिएको र प्रदेश मुख्यालयमा ठुलो एम्बुलेन्सको व्यवस्था गरिएको बताए । उनका अनुसार मुख्यालयमा रहेको एम्बुलेन्सले ठूला दुर्घटनाका घाइतेहरूलाई सामूहिक रुपमा उद्दार गर्न स्वास्थ्यकर्मी र आपतकालीन स्वास्थ्य सुविधासहितको काम गर्नेछ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक सेठ्ठीले एम्बुलेन्सलाई तैनाथ अवस्थामा राखिएको बताए । सो एम्बुलेन्समा चार जना बिरामीलाई सुताएर र ८÷१० जना बिरामीलाई बसाएर प्राथामिक उपचारसहित अस्पतालसम्म लैजान सकिने व्यवस्था रहेको छ ।
कैलालीको अत्तरियासहित देशभरको सुनसरीको पकली, बाराको पिलुवा, महोत्तरीको बर्दिवास, चितवनको कुरिनटार, काठमाडौंको बलम्बु, कपिलवस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर गरि ८ वटा स्थानमाठुला आइआरटी एम्बुलेन्सहरू तैनाथ अवस्थामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार