१० श्रावण २०८१, बिहीबार

थारुवान/थरुहट राष्ट्रिय सम्मेलन : शान्ति र सद्भाव प्रवद्र्धनमा टेवा पुग्ने विश्वास



धनगढी । टीकापुरमा आगामी शनिबारदेखि शुरु हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।


बुधबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको आवश्यक तयारी पुरा भएको जानकारी दिइयो । सो अवसरमा थरुहट नेता लक्ष्मण थारुले राष्ट्रिय सम्मेलनले सामाजिक सद्भाव, शान्ति प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने– सद्भाव, शान्ति टीकापुरलाई पनि चाहिएको छ । देशलाई पनि चाहिएको छ । सद्भाव र शान्तिका लागि यस्तो सम्मेलन पहिल्यै गर्नु पथ्र्याे, त्यो गर्न नसकेको हामीले अनुभूति गरेका छौं । त्यसैले शान्ति सद्भाव कायम गर्नका लागि यो सम्मेलन गर्दैछौ ।
तर, सम्मेलनको सत्तापक्षीय थारु नेताहरूले भने विरोध गरेका छन् । तत्कालीन माओवादीको थारुवान राष्ट्रिय मुक्ति मोर्चा र तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक थारु संघले संयुक्त विज्ञप्ती जारी गर्दै सम्मेलनको विरोध गरेका हुन् ।
मोर्चाबाट कैलाली सचिव प्रेमबहादुर डंगौरा र संघबाट टीकापुर अध्यक्ष भागिराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा “सम्मेलनको राजनीतिक उद्देश्य स्पष्ट नभएको र आधिकारिक संस्थागत आयोजक नरहेको”दाबी गरिएको छ । भदौ ७ गतेको मिति तय गरेर दुःखद घटनाको झल्को दिलाउन खोजेको आरोप पनि विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा राष्ट्रिय सम्मेलनमा आफना केही नेताहरूको नाम राखेको भन्दै गम्भीर ध्यानाकर्षण समेत भएको जनाइएको छ । विज्ञप्तीमार्फत् बालकृष्ण थारु, लालबिर चौधरी, सन्तोष चौधरी, रुपलाल चौधरी, एन्जल चौधरी, गोपाल चौधरी, कृष्ण चौधरी, प्रतिक्षा चौधरी, जयप्रकाश दहित र केशवलाल चौधरीको संलग्ता नरहेको प्रष्ट पारिएको छ ।
यस सम्बन्धमा तत्कालीन थारुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सन्तकुमार थारुस“ग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । दाङका प्रदेश सांसद एवं थारुवान मुक्ति मोर्चाका नेता इन्द्रजीत थारुले टीकापुर सम्मेलनको खुलेरै विरोध गरेका छन् । उनले टीकापुर सम्मेलनलाई भ्रमपूर्ण सम्मेलनको संज्ञा दिदै यसको कुनै सैद्धान्तिक आधार नरहेको दाबी गरेका छन् । उनले यो कार्यक्रमलाई थारुहरूको साझा कार्यक्रम बनाउन नसकिएको आरोप समेत लगाए ।
थरुहट थारुवान राष्ट्रिय सम्मेलनका संयोजक मीनराज चौधरीले लोकतान्त्रिक राष्ट्रमा सबैले आफनो विचार ब्यक्त गर्न पाउने बताए । टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यक्रम कुनै पार्टी वा ब्यक्तिको नभएर सबै संघसंस्था, पार्टीका नेता र आम थारुहरूको समर्थनमा भइरहेको बताए । ‘नेकपाका साथीहरूलाई विरोध गर्ने पूरा अधिकार हो । हामीले सक्नुहुन्छ सहयोग गर्नुस, सक्नुहुन्न मौन बस्नुस् भनेर आग्रह गरेका थियौं । तर उहा“हरूले विज्ञप्ती निकालेरै कार्यक्रमबारे भ्रम फैलाउने काम गर्नुभएको छ,संयोजक चौधरीले भने ।
उनले ‘सबैको सहभागिता होस् भनेर सबै पार्टीका नेता, जनप्रतिनिधि, संघसंस्थाका व्यक्तिहरूलाई निमन्त्रणा गरेको, तर सत्तापक्षीय थारु साथीहरू सहयोगको साटो विरोधमा उत्रिनुभएको’ बताए ।
थरुहट नेता लक्ष्मण थारुले कसैको अर्नगल प्रचारले कार्यक्रम नबिथोलिने जानकारी गराए । उनले सम्मेलनको सबै तयारी भइसकेको र प्रहरी प्रशासन र आम टीकापुरबासीले सम्मेलनलाई सफल पार्न आफनो भूमिका निर्वाह गर्ने आश्वासन दिएको बताए । ‘कसैको अर्नगल प्रचार वा विरोधले कार्यक्रम बिथोलि“दैन, न स्थगित नै हुन्छ । कार्यक्रम सोही मितिमै हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार