३ जेष्ठ २०८१, बिहीबार

बैतडीमा एक सय २८ प्रसुति केन्द्र



बैतडी । बैतडीमा प्रसुति केन्द्रको संख्या एक सय २८ पुगेको छ । गत आर्र्थिक वर्षमा मात्रै नया १९ वटा स्वास्थ्य संस्थाका प्रसुति सेवा केन्द्र स्थापना भएको थियो ।


सुदूूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रसहितका १९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण भएका थिए ।
गत आर्थिक वर्ष २०७५÷२०७६मा सामाजिक विकास मन्त्रालयको तीन करोड ३० लाख रुपैयाबाट १९ वटा स्वास्थ्य संस्थामा भवन निर्माण भएको जनाइएको छ । ती मध्ये १४ वटा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङ सेन्टर), तीन वटा सामुदायिक स्वास्थ्य ईकाई र दुई वटा सहरी स्वास्थ्य केन्द्र स्थापना रहेका छन् ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख निशा जोशीले जिल्लामा घरमा हुने सुत्केरी सून्य अभियानलाई सहयोग पुगेकोे बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार